वीरगन्ज,२९ चैत । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीतालाई लक्षित गरी खैल मैदानलाई आईतबार बिहान सरसफाई गरीएको छ । आगामी वैशाख ५ देखि १२ गतेसम्म हुने प्रतियोगीतालाई लक्षित गरी आयोजक क्लबका पदाधिकारी , सदस्य र खेलाडीहरुले मैदानलाई सरसफाई गरेका हुन ।
शक्ति युवा क्लब परवानीपुरको आयोजनामा आगामी वैशाख ५ देखि १२ गतेसम्म पाँचौं परवानीपुर गोल्डकपमा आठ वटा टिमले भाग लिने प्रतियोगीताका संयोजक संजय मण्डले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड क्लब, वीरगंज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, बारा, रौतहट, सर्लाही, चितवन, एपिएफ बर्दिवास आठवटा टीम सहभागी हुनेछन् ।

राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा वैशाख ५–१२ गते साँझ ३ बजेदेखि ५ बजेसम्म हुन लागेको प्रतियोगीताका सहसंयोजक दिपक यादवले बताए ।

प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।

सो प्रतियोगिता सभ्य र भव्यरुपमा सम्पन्न गराउन सम्पूर्ण परवानीपुर शक्ति युवा क्लबका पदाधिकारी, स्थानीय खेलाडी, पर्सा–बाराका जनप्रतिनिधि, सुरक्षा निकाय, चन्दादाता, उद्योगी–व्यवसायी एवं खेलप्रेमी तथा सञ्चारकर्मीहरुलाई आआफ्नो तर्फबाट सहयोग गरी सफल बनाइदिन आयोजकले अनुरोध समेत गरेको छ ।

सरसफाई कार्यक्रममा आयोजक क्लबका पुर्वअध्यक्ष राजमहम्द मियाँ , क्लबका उपाध्यक्ष हुलास यादव , महासचिव ध्रुव साह , कोषाध्यक्ष सोनालाल मण्डल ,क्लबका प्रशिक्षक पंकज चौधरी , पुर्व फुलबल खेलाडी बिनोद न्यौपाने , सदस्यहरु तिवारी यादव , राजेश यादव , दिपेश यादव सहितका व्यतिmहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय