दलित तथा विपन्नका लागि आवास निर्माण योजनामा अनियमितता भएको भन्दै दलित महिलाहरुले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । जिल्लाको बिन्दवासिनी गाँउपालिकाले संघीय सरकारबाट प्राप्त एक करोड १० लाखको लागतमा दलित तथा विपन्न समुदायका लागि आवास निर्माणका लागि टेण्डर आह्वान गरेर ठेक्का लगाइसकेको छ । तर लाभग्राही (विपन्न र दलित) समुदायले भने यसबारेमा आफूहरुलाई कुनै जानकारी नै नगराई आवास निर्माणको प्रक्रिया गाउँपालिकाले सुरु गरिसकेको भन्दै आपत्ति जनाएका छन् ।

उनीहरुले सूचनाको हक प्रयोग गर्दै विपन्न तथा दलित समुदाय लक्षित आवास निर्माण योजनाका बारेमा गाउँपालिकाले अगाडि बढाएको प्रक्रियाका बारेमा जानकारी माग्दै निवेदन पनि दिएका छन् । उनीहरुका अनुसार भवनका लागि लाभग्राही छनौटमै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वास्तविक लाभग्राहीको सट्टा नक्कली लाभग्राहीलाई समावेश गरेको छ । भवन निर्माणमा गाउँपालिकाले अनियमितता गरेकाले उक्त प्रक्रिया तत्काल रोक्न पनि माग गरेका छन् ।

दलित महिलाहरुले आवास निर्माणका लागि संघीय सरकारबाट प्राप्त अनुदानको बजेटको परिमाण, लाभग्राही छनौट प्रक्रिया र छनौट गरिएका लाभग्राहीको विवरण, निर्माण हुने भनिएको भवनको अन्तिम स्वामित्व कसको हुनेलगायतका बारेमा लिखित जानकारी उपलब्ध गराइ दिन ज्ञापनपत्रमा उल्लेख छ । यसअघि विपन्न तथा दलितका लागि आवास भवन निर्माण योजनाकै बारेमा गाउँपालिका कार्यालयमा सूचनाको हक प्रयोग गर्दै निवेदन दिएका थिए । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महम्द प्रवेज आलमलाई टेलिफोनमा सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय