नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ अन्तर्गत आज वीरगंज–२५ श्रीसियामा अगुवा कार्यकर्ता भेला भव्य रूपमा सम्पन्न भएको छ।  कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले यसअघि विजयी भएको नेताले पर्याप्त काम नगरेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासमा थुप्रै कामहरू बाँकी रहेको बताए।
“मधेशमा महिलाको अवस्था नाजुक छ। महिला सशक्तिकरण र जीवन स्तर सुधारका लागि विशेष काम गर्ने मेरो लक्ष्य हो। यादवले भनिन्,

आफू युवा भएको कारण देशका युवाले भोगिरहेको समस्या र महिलाले समाजमा भोगिरहेको कठिनाइहरू समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै यादवले  आफु “ पद, पावर वा पैसाको लागि नभई, नागरिकको जीवन स्तर सुधार र देशको समग्र विकासका लागि राजनीतिमा होमिएको बताईन । उम्मेदवार यादवले मतदातालाई ‘सूर्य’ छापमा मतदान गरी आफूलाई विजयी बनाइदिन आग्रह पनि गरिन ।

क्षेत्रीय अध्यक्ष मनोज कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व मेयर विजय सरावगी, मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, महानगर कार्यवाहक अध्यक्ष लियाकत अली,  नेता प्रेमबाबु पटेल , मुकेश द्विवेदी ,खुरम आलम लगायतकाले धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय