पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेकी रिमा कुमारी यादवले पर्सागढी नगरपालिकाको विभिन्न विद्यालय र गाँउमा पुगेकी छन ।
सरस्वती पुजाको अवसरमा उनले पर्सागढीको विभिन्न गाँउ र विद्यालयमा पुगेर विद्यार्थीहरु संग भेटघाट गरेकी हुन ।
जिल्ला कै कम उमेरको दलीय उम्मेदवार रिमाले पटक पटक गरी पाँच वटा निर्वाचन लडेर संसदीय यात्रामा पुगेका उम्मेदवारको यात्रामा ब्रेक लगाउने रणनितिमा छन ।
क्षेत्र नम्बर २ मा संसदीय निर्वाचनका अनुभवीलाई रिमाको उम्मेदवारी चुनौति दिन सक्ने आकलन पनि सुरु भईसकेको मतदाताहरुले बताएका छन ।
शिक्षा, रोजगारी, महिला सशक्तीकरण, आधारभूत सेवा तथा विकास निर्माणसँग सम्बन्धित विषयमा स्थानीयको धारणा संकलन गरेकी थिइन्।
घरदैलो क्रममा यादवले विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीयवासीसँग भलाकुसारी गर्दै महिला, युवा र बालबालिकाको भविष्य सुरक्षित गर्न राजनीति परिवर्तनमुखी हुनुपर्नेमा जोड दिइन्।
नेकपा एमालेको खुलेर प्रशंसा गर्दै यसपटक परिवर्तनका लागि एमालेको पक्षमा मत हाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उनीहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा रोजगारीका विषयमा उम्मेदवारसँग अपेक्षा राखेका थिए।
गोकर्ण पाठक, एमाले नेतृ सिता लामा, नेता प्रद्युमन यादव लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
