वीरगञ्ज, ५ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको लागी नेकपा एमालेले पर्सा क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको छ । एमालेले वीरगन्ज महानगरपालिका वडा नम्बर २९ निवासी रिमा कुमारी यादवलाई पर्सा क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको हो ।
मधेसवादी बिचारबाट प्रभावित उनले एमाले प्रवेश गरेर टिकट पाएकाले बलियो उम्मेदवारको रूपमा देखा परेको नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवले जानकारी दिए ।
जिल्ला कै सबै भन्दा कम उमेरको उम्मेदवारको रूपमा रहेकी यादवलाई निर्वाचनमा सहभागी गराउने एमालेले तयारी गरेको उनले बताए ।
भोलि माघ ६ गते हुने मनोनयन दर्ताको समय तय भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय