वीरगन्ज,२६ पौष / पर्सा जिल्ला खेलकुद बिकाश समितिले १० औ राष्ट्रिय खेलकुद तथा खेल बिकाश बिस्तारको लागी मधेश प्रदेश खेलकुद परिषदको निर्देशन अनुसार सार्वजनिक सुचना जारी गरेको छ ।
संघका कार्यालय प्रमुख नाजिर हुसेन अंसारीले पौष २५ को मितिमा जारी गरेको सुचना अनुसार सक्रिय रहेका स्वंयसेवक प्रशिक्षक प्रदेश ,राष्ट्रिय र अन्तराष्ट्रिय निर्णायकहरुको प्रमाणपत्र सहित कार्यालयमा सम्पर्क गर्न भनिएको हो ।
मधेश खेलकुद परिषदको निर्देशन अनुसार तालिम तथा प्रशिक्षण विभागले जिल्ला खेल संघ विद्याका स्वंयसेवक प्रशिक्षक प्रदेश ,राष्ट्रिय र अन्तराष्ट्रिय निर्णायकहरुको तथ्यांक तयार गर्न सुचना जारी गरेको पर्सा जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष दिपक साहले जानकारी दिए ।
उनका अनुसार आगामी माघ २२ गते सम्ममा पर्सा जिल्ला खेलकुद बिकाश समितिमा सक्रिय रहेका स्वंयसेवक प्रशिक्षक प्रदेश ,राष्ट्रिय र अन्तरािष्ट्रय निर्णायकहरुको नामावली र त्यसको प्रमाणपत्र सहित सम्पर्क गर्न आग्रह गरीएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय