जेन–जी पर्साको समन्वय तथा अग्रसरतामा वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पस मा देखिएको विवादका विषयमा पहिलो चरणको बैठक सम्पन्न भएको छ।

बैठकमा क्याम्पसलाई निजीकरणतर्फ लैजाने गतिविधि, सञ्चालक समितिद्वारा गरिएको मनपरी नियुक्ति तथा अन्य संरचनागत समस्याले शिक्षक, विद्यार्थी र समग्र शैक्षिक वातावरणमा पारेको नकारात्मक प्रभावबारे गम्भीर छलफल भएको जेन–जी पर्साका संयोजक विशेष साहले जानकारी दिए।

सहभागीहरूले क्याम्पसको शैक्षिक मर्यादा, संस्थागत स्वायत्तता र सार्वजनिक हितको संरक्षणका लागि तत्काल पहल आवश्यक रहेकोमा जोड दिएका थिए। समस्याको दीर्घकालीन तथा संस्थागत समाधान खोज्न शिक्षक, विद्यार्थी, सञ्चालक समिति, अभिभावक र अन्य सरोकारवालासँग चरणबद्ध रूपमा संवाद अगाडि बढाइने जेन–जी पर्साले जनाएको छ।

सार्वजनिक शैक्षिक संस्थाको संरक्षण र सुधारका लागि युवाहरूले देखाएको सक्रियता सराहनीय रहेको सहभागीहरूको भनाइ थियो। बैठकले क्याम्पसको शैक्षिक गुणस्तर र विश्वास पुनःस्थापना गर्न सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय