पोखरिया नगरपालिकाको वडा नं. ९ अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चौकिया बैरिया विर्तामा विद्यालय व्यवस्थापन समितिको नयाँ अध्यक्ष चयन गरिएको छ।

आज बसेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी बैठकले वडा सदस्य ज्योति मिश्रलाई सर्वसम्मत रूपमा समितिको अध्यक्षमा चयन गरेको हो। बैठक विद्यालय व्यवस्थापन समितिकी जेष्ठ सदस्य धनुमाया राईको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकबाट अध्यक्षसहित नौ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

ज्योति मिश्रको अध्यक्षतामा गठित समितिको सदस्यहरूमा धनुमाया राई, शोभा देवी पटेल, संचित प्रसाद यादव, असलम आलम, दीपेन्द्र पटेल, मिरा देवी , वृजकिशोर  पटेल तथा विद्यालयकी प्रधानाध्यापक उष्मा कुमारी मिश्र रहेका छन्।
नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुदृढीकरण तथा अभिभावक र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखी काम गर्ने अपेक्षा गरिएको छ।

नव नियुक्त अध्यक्ष ज्योति मिश्र वीरगञ्जबाट प्रकाशित हुने ज्योति जागरण दैनिक पत्रिकाका प्रकाशक समेत हुन्। उक्त बैठकमा नगरपालिकाको तर्फबाट ललन पटेल , भगवान साह लगायत स्थानिय अभिभावकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय