वीरगन्ज,११ पौष / वीरगन्ज महानगरपालिका वडा नम्बर २० मा हाल साविक गराउन बाँकी रहेकाहरुको हकमा आवाज उठेपछि पुन जाँच पछिको पुर्जा श्रेस्ता अहिले स्थगन गरीएको छ ।
वडाअध्यक्ष रामकिशोर सिंह परागको सिफारिसमा हाल साविक गराउन बाँकी रहेका स्थानीयहरुको हाल साविक गराउनलाई समयसिमा थप हुदै पुर्जा श्रेस्ता स्थगीत भएको हो ।
मालपोत तथा भुमिसुधार कार्यालयका प्रमुख हेमराज खत्रीलाई वडाअध्यक्ष सिंहले पत्रचार गरेपछि हाललाई स्थगन गरीएको युवा नेता बिक्की सिंहले जानकारी दिए ।
उनका अनुसार अहिले वडामा हाल साविक गराउन बाँकी गराउन रहेकाहरु ध्माधम गराउन आग्रह गरेको अवस्था छ ।
गएको मंसीर अन्तिम सातादेखि पुर्जा श्रेस्ता वितरण रोकिएको र हाल साविक गराउनलाई समयसिमा थप भएको सिंहले बताए । तर अहिले भुमाफियाहरुले आफ्नो स्वार्थका लागी पुन सक्रिय पुर्जा श्रेस्ता वितरण गराउनलाई कार्यालयमा दबाद बढाएकाले स्थानीयहरु हालसाविकको काम छिटोछिटो सकाउने उनको भनाई छ ।
