वीरगन्ज ,३ पौष । उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबू यादवले सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनमा भाग लिन तयार रहेको बताएका छन ।

बिहीबार पत्रकार भेटघाट गर्दै उनले उम्मेदवारहरुको टुंगो लगाउने प्रक्रिया अगाडि बढेकाले निर्वाचनमा होमिन तयार रहेकोे बताएका हुन ।

भ्रष्टाचारमुक्त समाज निर्माण, युवालाई नेतृत्वमा जोड्ने अभियान र निरन्तर जनसेवामा सक्रिय भूमिकाका लाग्न  उनले योजना सुनाएका छन ।

जिल्ला संयोजक यादवले पर्सामा पारदर्शी, उत्तरदायी र जनमुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाउँदै, “युवा सहभागिता बढाउँदै शिक्षा, रोजगारी र आधारभूत सेवाका क्षेत्रमा जनताको समस्या समाधानमा परिणाममुखी काम गर्ने” प्रतिक्रिया दिनुभएको छ ।

आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई विद्यालयसम्म जोड्ने पहल, शैक्षिक सामग्री सहयोग, शैक्षिक चेतना अभिवृद्धि कार्यक्रम तथा विद्यार्थी मार्गदर्शनमार्फत उहाँले पर्साका विभिन्न समुदायमा सकारात्मक प्रभाव छोड्आन आग्रह गरेका छन ।

यस्तै उज्यालो नेपाल पार्टीमा आबद्ध भएका वीरगन्ज महानगरपालिका २० का वडाअध्यक्ष रामकिशोर सिंह परागले पार्टीले जिम्मेवारी दिएको इमान्दारीका साथ पूरा गर्ने बताए ।

उनले फागुन २१ को निर्वाचनमा पार्टीले उम्मेदवार बनाएको खण्डमा पर्सा १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न तयार रहेको बताए ।

जेनजी प्रतिनिधि रन्धिर बर्णवालले एसईई विद्यार्थीहरुलाई लक्षित गरेर तयारी कक्षा संचालन गर्ने योजना रहेको बताए ।

उनलेे जिल्लाभरीका विद्यार्थीलाई यो तयारी कक्षामा समावेश गराउने र पालिका पालिकामा स्वास्थ्य शिविर संचालन गर्ने योजना बनाएको सुनाए ।

पत्रकार सम्मेलनमा डा. घनश्याम यादव , विजय यादव ,राजेश लामा सहितका नेताहरुको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय