सशस्त्र प्रहरीले पर्सामा २१३ किलो गाँजा बरामद गरेको छ। विन्ध्यवासिनी गाउँपालिका– ५, बटसौरास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्रप्रकाश मल्लको कमान्डमा खटिएको टोलीले  परालको कुन्युभित्र लुकाइछिपाइ राखेको २१३ किलो गाँजा बरामद गरेको हो। २० वटा पोका बनाएर राखेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो। सुराकीको आधारमा सो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

लागुऔषध दुर्व्यसनले समाजमा दूरगामी नकारात्मक प्रभावहरू पार्ने यथार्थलाई मध्यनजर गर्दै लागुऔषध नियन्त्रण तथा निस्तेज गर्ने कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्ने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको निर्देशनअनुरूप अभियान नै चलाएर सो लागुऔषध बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल  नम्बर १३ गण हेडक्वार्टर पर्साका एसपी पुरनचन्द्र भट्टले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय