पर्सामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएका छन् । फागुन २१ गतेका लागि हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पर्साले गरेको मतदाता अद्यावधिकमा पर्सामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएको कार्यालय प्रमुख अनामिका रौनियारले जानकारी दिइन् ।

फागुन २१ को निर्वाचनका लागि गरिएको असोज १० देखि मंसिर ५ गतेसम्म गरिएको मतदाता अद्यावधिकमा पर्सामा पुरुष ८ हजार २४२ जना र महिला ६ हजार ८०३ जना गरि कूल १५ हजार ४५ जना नयाँ मतदाता थपिएको उनले बताइन् ।

नयाँ थपिएका मतदातामध्ये जिल्ला निर्वाचन कार्यालय पर्सामै आएर मतदाता नामावली दर्ता गएका १४ हजार ३१८ जना र जिल्ला बाहिरबाट दर्ता गराएका ७ सय २७ जना रहेको रौनियारले जानकारी दिइन् ।

नयाँ मतदाता थपिएसँगै अब पर्सामा कूल मतदाताको संख्या ३ लाख ५२ हजार ४८४ पुगेको छ । तीमध्ये पुरुष मतदाताको संख्या १ लाख ९८ हजार ८०८ , महिला मतदाताको संख्या १ लाख ५३ हजार ६६१ र फरक लिंगका मतदाताको संख्या १५ रहेका  छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय