समाजवादी प्रेस संगठन नेपाल, पर्साको छैठाे बैठक शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले दिवंगत पत्रकार स्व. नरेश सर्राफको सम्झनामा मंसिर १५ गते तेस्रो स्मृति सभा हुने निर्णय गरेको छ।
सोही कार्यक्रममार्फत संगठनले स्थापना गरेको दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पनि वितरण गरिने बैठकले जनाएको छ । पुरस्कारका लागि योग्य पत्रकारको नाम चयन गर्न अध्यक्ष सुमनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष हरिशंकर शर्मा, सचिव विनोद पटेल, कोषाध्यक्ष सन्तोष साह र सदस्य मनिषा साह चयन भएका छन्।
बैठकले झुट्टाे मुद्दामा फसाइएका संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मा अदालतबाट निर्दाेष प्रमाणित भएकोमा बधाई ज्ञापन गरेको छ । बैठकमा सहभागीहरूले शर्मालाई खादा र अविरकाे टीका लगाएर शुभकामना व्यक्त गरेका थिए।
वीरगंजस्थित नेपाल पोस्ट डेलीको कार्यालयमा बसेको बैठकमा नेकपाका नेता रामचन्द्र साह, मनोज चौधरी, बालगोपाल थापा, संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेललगायतको उपस्थिति थियो।
