जेनजी आन्दोलनमा शहादत भएका स्वर्गीय असाहब आलमका भाई मुराद आलमको संयोजकत्वमा वीरगन्ज युवा कमिटी गठन भएको छ ।
बिहिबार वीरगन्जका युवाहरुको भेलाले आलमको संयोजकत्वमा एकसय एक सदस्यीय जेनजी वीरगन्ज युवा कमिटी गठन गरेको हो ।
माल्ट होटलमा बसेको युवाहरुको भेलाले गठन गरेको समितिको उपसंयोजकमा जेजनी आन्दोलनमा घाइते भएका रेयाजुल हक रहेका छन् ।
यस्तै सदस्यहरुमा सागर यादव, ज्ञानेन्द्र महतो, चन्दन महतो, वासिम शेख,नीरज जोशी,अनिश पटेल, समीर अन्सारी लगायत रहेका छन् ।
समितिको सल्लाहकार समितिमा महादेव प्रसाद कुर्मी,सन्जय श्रेष्ठ,राहुल रौनियार तथा समन्वयकर्तामा सुधिर पटेल,वीरेन्द्र काण्ठ,रन्दिप श्रीवास्तव,जयशंकर यादव,अमन आलम लगायत रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय