दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबिच सम्झौता भएको छ । बिहीबार नक्सालमा भएको सम्झौतामा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यान सचिव पारस खड्काले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार पल्सरले इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्तालाई एक–एक थान बाइक दिने घोषणा गरेका छन् । यस्तै, आर्थिक पाटो भने दुवै पक्षको समझदारीमा खुलाइएको छैन । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हामी खेलकुदमा पछिलो समय जोडिइरहेका छौँ । हाम्रा लागि यो सुन्दर अवसर हो ।’
क्यानका सचिव पारस खड्का यो सम्झौताले खुसी भएको बताउँदै क्रिकेट विकासमा ठुलो योगदान पुर्याउने बताए । पहिलो संस्करण दीपेन्द्र सिंहले कार तथा ललितनारायण राजबंशीले बाइक पाएका थिए । आठ टिम सहभागी लिग मंसिरमा आयोजना हुँदै छ ।
