बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य बढेको छ। बुधबार प्रतितोला २ लाख ३६ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता आइतबार तोलामा ११ हजार ६ सयले घटेको सुनको मूल्य सोमबार २ हजार रूपैयाँले घटेको थियो भने मंगलबार पनि सुन प्रतितोला २ हजार ९ सय रूपैयाँले घट्दै थप सस्तो भएको थियो। बुधबार पनि ७ सयले घटेको थियो।
चाँदी भने आज प्रतितोला १५ रूपैयाँले महँगिएको छ।आजका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ९ सय ८० रूपैयाँ तोकिएको छ। यो साता बुधबार चाँदी प्रतितोला २ हजार ९ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।
