वीरगन्ज ,१ कात्तिक । नेकपा एमाले निकट युथ फोर्सको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

शनिबार बिहान रक्त संचार केन्द्रमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा सुनिल रौनियार ,रवि गुप्ता ,सरफरोज आलम , मुसर्रफ परवेज, जमिल अख्तर ,जुवेर अहमद ,उपेन्द्र साह ,सन्तोष पासवान सहितका रहेका थिए ।

युथ फोर्स पर्साका अध्यक्ष नसिम अख्तरका अनुसार रक्तदान केन्द्रमा रगतको अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय