वीरगन्ज ,२३ भदौ । जेन-जीका विद्यार्थीहरुको प्रदर्शनमा समर्थन जनाउँदै सहभागी भएका पर्साका युवा नेता सुधीर पटेल घाइते भएका छन ।

वीरगन्जको घन्टाघर चोकमा सोमबार साझमा जेन-जीका विद्यार्थीहरुको  प्रदर्शनमा सहभागी भएका उनी प्रहरीको कुटाइबाट घाइते भएका हुन् । घाइते पटेलको अहिले नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सरकारले सामाजिक संजाल बन्द गरेको र बढदै गरेको भ्रष्टाचारको विरुद्धमा उनीहरू प्रदर्शन गरेका हुन । अहिलेसम्म  काठमाडौ र इटहरीमा गरि १९ जनाको मृत्यु भएको छ भने ३ सय भन्दा बढी घाइते भएका छन ।

वीरगन्जका विशाल क्षेत्रीले सरकारले अहिलेसम्म सामाजिक संजाल बन्द गरेर देशलाई पछाडि पुर्याउनु खोजेकाले यसले युवा र विद्यार्थीलाई बढी समस्या भएको बताए ।

उनका अनुसार अहिलेसम्मको समयमा देशलाई आधुनिक प्रबिधिको प्रयोग गरेर बिकास गर्नुको साटो मुख बन्द लागेको अवस्था छ ।

भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा आम जन समुदायलाई सहभागीको लागि उनले अपिल गरे ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति नेता र उनीहरुको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय