
मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।
मन्त्री सिंहले वीरगन्ज प्रभावित वडाको हैजा नियन्त्रणका लागि सरकारले अत्यधिक संवेदनशीलता देखाइरहेको भन्दै बिरामीलाई भेटेका हुन ।
हैजा प्रभावित वडाहरूको अवलोकन गर्दै नारायणी अस्पताल लगायतका अस्पतालमा उपचाररत बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ, तथा ढल व्यवस्थापनको वास्तविक अवस्था प्रत्यक्षरूपमा निरीक्षण गरेको मन्त्री सिंहले बताए ।
साथै, स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै हैजा नियन्त्रणका लागि आवश्यक तत्कालीन तथा दीर्घकालीन उपायहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको उनले बताए ।
सबैको सहयोग, सतर्कता र सचेतनाबाट यो समस्या चाँडै नियन्त्रणमा आउने विश्वास लिएको उनको भनाई छ । अनुगमन तथा निरीक्षणको क्रममा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवको पनि सहभागीता रहेकोे थियो ।