पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार राम नरेश यादव प्रति मतदाताहरूको आकर्षण र विश्वास क्रमशः बढ्दै गएको देखिन्छ । लामो समयदेखि मधेस आन्दोलन, सामाजिक न्याय र अधिकारका मुद्दामा सक्रिय रहँदै आएका यादवलाई मतदाताहरूले अनुभवी, जनमुखी र संघर्षशील नेताका रूपमा लिएका छन् । यादव मधेस आन्दोलनको प्रारम्भदेखि नै सक्रिय भूमिकामा रहँदै आएका नेता हुन् । मधेसी जनताको अधिकार, पहिचान, समानता र सम्मानका लागि निरन्तर आवाज उठाउँदै आएका उहाँले स्थानीयदेखि केन्द्रीय राजनीतिसम्म स्पष्ट र सशक्त धारणा राख्दै आएका छन् । यसले उहाँलाई केवल चुनावी उम्मेदवार नभई मधेसको वास्तविक प्रतिनिधि नेताका रूपमा स्थापित गरेको स्थानीयको बुझाइ छ । पर्सा–१ का मतदाताहरूका अनुसार यादवले यसक्षेत्रका प्रमुख समस्या सडक, सिंचाइ, शिक्षा, स्वास्थ्य, रोजगारी र सीमावर्ती क्षेत्रका सवाललाई नजिकबाट बुझेका छन् । चुनावी भेटघाटका क्रममा उनले स्थानीय आवश्यकता अनुसार योजनाबद्ध विकास, किसानमुखी नीति र युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै आएका छन् । मतदाताहरू यादवलाई सजिलै भेट्न सकिने, कुरा सुन्ने र समाधान खोज्ने नेता का रूपमा वर्णन गर्छन् । उहाँको सरल जीवनशैली र स्थानीय जनतासँगको आत्मीय सम्बन्धले चुनावी माहोलमा सकारात्मक ऊर्जा थपेको छ । “हाम्रा दुःख–सुख बुझ्ने नेता चाहिन्छ, भाषण मात्रै गर्ने होइन,” भन्ने मतदाताको धारणा यादवतर्फ आकर्षित भएको देखिन्छ । पर्सा–१ मा जनता समाजवादी पार्टीको संगठनात्मक संरचना मजबुत मानिन्छ। मधेसी समुदायसँग गहिरो सम्बन्ध, आन्दोलनको इतिहास र पहिचानको राजनीतिले जसपाको आधार बलियो रहेको र त्यसको प्रत्यक्ष लाभ यादवको उम्मेदवारीलाई पुगेको राजनीतिक विश्लेषकहरू बताउँछन् । समग्रमा, पर्सा निर्वाचन क्षेत्र नं. १ मा यादवको उम्मेदवारी अनुभव, मुद्दा र संगठन तीनै पक्षबाट सुदृढ देखिन्छ । विकाससँगै पहिचान र अधिकारको सवाललाई सन्तुलित ढंगले अघि बढाउने उनको दृष्टिकोणले मतदाताको भरोसा जित्दै गएको छ । यहीँ कारण, आगामी निर्वाचनमा यादवलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय