पर्सा प्रहरीले विद्युतीय अनलाइन कारोबारमार्फत ठगी गर्ने गिरोहका एकजना नाबालकसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २९, मुसैलीका ३५ वर्षीय कृष्णप्रसाद साह, बारा विश्रामपुर गाउँपालिका– १ निवासी २१ वर्षीय राहुल मण्डल र अर्को एकजना १४ वर्षीय नाबालक रहेका छन् ।

गत कात्तिक २६ गते दिउँसो १२ बजेको समयमा उनीहरूलाई प्रहरीले वीरगन्ज महानगरपालिका– ८ऽ  प्रभु अस्पतालआसपास क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार पक्राउ परेको गिरोहले सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारेर मनी मोल एकाउन्टसहितका विभिन्न अनलाइन गेम खेलाएर रकम ठगी गर्दै आएका थिए ।

यस्तै, यो गिरोहले अनलाइन गेममार्फत विभिन्न कम्पनीको किर्ते कागजात बनाएर सामानको अन्डर बिल बनाएर ठगी गर्दै आएको उनले बताए । गिरोहका मुख्य नाइके कृष्णले अनलाइन बैंक खाता प्रयोग गर्दै ठगी गर्नेमा मण्डल र नाबालकलाई प्रयोग गर्दै आएका थिए ।

उनीहरूको साथबाट करिब १० करोडभन्दा बढीको अबैध कारोबार देखिएकाले ४३ वटा एटिएमसहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले बताए । पक्राउ परेकाहरूलाई बैंकिङ कसुर मुद्दामा अदालतबाट तीन दिनको म्याद थपेर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय