बाराको परवानीपुर गाउँपालिका-१ रहरीया टोलमा गएराति आमाछोराको हत्या भएको घटनामा प्रहरीले शंकाको आधारमा बुहारीलाई नियन्त्रणमा लिएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया आमा सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको घटनामा २८ वर्षीया बुहारी मनिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरेर हत्या भएको घटनामा बुहारी मनितालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जानकारी दिए । उनले भने, ‘घटना कसरी भएको हो ? भन्नेबारेमा अहिले बुहारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छाैं । उनकाे बयान पछि घटनाकाे बारेमा  थप जानकारी हुन्छ ।’

प्रहरी उपरीक्षक कुँवरले भने, ‘रातिको समयमा के कारणले आक्रमण गरेर हत्या भएको हो ? यसबारे हामीले बुहारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं । उनका अनुसार आक्रमणमा परेर घाइते भएका ५० वर्षीय जगरुप महतोको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार राति करिब २ बजेको समयमा अज्ञात व्यक्ति घरमा प्रवेश गरी धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेका हुन् । आफ्नै निवासमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आक्रमण गरेर उनीहरुको हत्या भएको र मृतकको शव घरमा नै फेला परेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सहितको थप सवुत प्रमाण संकलनमा जुटिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय