वीरगन्ज ,२१ पौष । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी छनौटको क्रममा जिल्ला नेतृत्वले युवा र विद्यार्थीलाई खबर नदिएको भन्दै असन्तुष्ट बनेका छन ।
आइतबार भएको नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ को उम्मेदवारी छनौटमा विद्यार्थीलाई खबर नगरेर लुकेर गरेकोमा यसले पार्टीलाई फाइदा नगर्ने भन्दै आलोचना गरेका हुन् ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) पर्साका अध्यक्ष सुजित मण्डलले जेनजी आन्दोलन पछी जिल्लाका नेताहरुमा युवालाई वास्ता नगर्ने परिपाटी र बुद्धि नपलाएकाले नेतृत्वले ठुलो क्षति ब्यहोर्न चेतावनी दिए ।
वीरगन्ज महानगरपालिका १२ मुर्ली निवासी विद्यार्थी नेता मण्डलले अहिले पनि खबर नगरेर लुकेर उम्मेदवारी छनौट र बैठक भेला जस्तो कार्यक्रम नगर्ने र यस्ता गतिविधि सुधार गर्ने आग्रह गरेका छन ।
पार्टी बनाउन सबैको साथ र सहयोग आवश्यक पर्नेहरूमा भएकाले केही नेताहरु यसलाई आफ्नो ब्यक्तिगत कम्पनी बनाउने क्रममा रहेकाले यसले निर्वाचनमा नोक्सानी हुने उनको भनाई छ ।
