अनेरास्ववियुको भव्य कार्यक्रम जनकपुरमा सफलता पूर्वक सम्पन्न भएको छ। प्रदेश संयोजक सतीश चन्द्र सिंह अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व मन्त्री तथा नेकपा (एमाले) मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ उपस्थित थिए।

कार्यक्रममा केन्द्रीय कमिटीका उपाध्यक्ष, सचिव, सचिवालय र सदस्य कमरेडहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो। नव निर्वाचित केन्द्रीय सदस्य आशिफ अहमदले संगठन विस्तार, प्रशिक्षण, रचनात्मक कार्यक्रम, विद्यार्थी आन्दोलन, मिशन स्ववियु निर्वाचन र मिशन ८४ सफल बनाउन सबैले एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटीका उपाध्यक्ष, सचिव, आठौं जिल्ला इन्चार्ज, केन्द्रिय सदस्य संयोजक र जिल्ला अध्यक्षहरुको समेत उपस्थिति थियो। नव निर्वाचित सदस्य आशिफ अहमदलाई पूर्व मन्त्री लिलानाथ श्रेष्ठले सम्मान गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय