
वीरगन्ज ,८ बैशाख /नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल,पर्साको प्रथम सचिवालय कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले वैशाख ११ गते भृकुटीमण्डप,काठमाडौंमा
आयोजना हुन गईरहेको “युवा सेलिब्रेसन” कार्यक्रममा जिल्ला सयौंको संख्यामा युवालाई सहभागी गराउने निर्णय गरिएको जिल्ला सचिव राकेश महतोले जानकारी दिए । यस्तै राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरिएको सचिव महतोले बताए । जिल्ला अध्यक्ष सुबाश साहको अध्यक्षतामा बसेको बैठकमा युवा फाट प्रमुख अरुण यादव , युथ फोर्स प्रमुख नसिम अख्तर लगायतकाको सहभागीता थियो ।