बारा, १२ माघ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिनोद साहले आर्थिक नाजराना बुझेर निर्बाध रूपमा जिल्लामा तस्करी गराईरहेका छन ।

जिप्रका बाराको मोबाईल सिक्स कमान्डरको रूपमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार साहले जिल्लाको दर्जनौं तस्करबाट लाखौं रकम असुल गरि तस्करी गराईरहेका हुन ।

उनी अहिले जिल्ला प्रहरी कार्यालय बाराका वरिष्ठ प्रहरी अधिकारीहरु कै निर्देशनमा सिम्रौनगढ , मटिअर्वा र मुसहर्वा नाकाबाट तस्करी गराईरहेका छन ।

अहिले दिनहुँ सिम्रौनगढ नाका भएर कपडाको तस्करी गरिरहेका भोला साह ,मास्टर र दिपक साहबाट हवल्दार साहले लाखौं रकम असुलेका छन ।

यस्तै मटिअर्वा नाका भएर अहिले किराना समाग्रीको तस्करी गरिरहेका बिरेन्द्र , कपडाको तस्करी गर्दै आएका  बाबुलाल , श्याम र सुरेन्द्रले पनि उनलाई आर्थिक नाजराना बुझाएका छन ।

मुसहर्वा सिमानाका भएर बाथरुम ( सावर समाग्री  ) को तस्करी गर्दै आएका मुकेश साह ,धानको तस्करी गरिरहेका ध्रुप साह , कपडाको तस्करी गरिरहेका सन्तोष साह , सरोज , जयलाल र मुन्ना मिश्रा सक्रिय रहेका छन ।

करिब एक साल सालदेखि जिप्रका बारामा कार्यरत साहले मुसहर्वामा सादा पोशाकमा खटिएर पनि तस्करहरु आर्थिक रकम उठाएका ब्यक्ति हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय