
पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले पर्सा जिल्लाका यादव जाति शिक्षा,रोजगारी र व्यवपार व्यवसायमा पछाडि परेको बताएका छन् ।
पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ मा गोपाल सेवा समितिको क्षेत्रीय समितिले आयोजना गरेको शुभाकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै अध्यक्ष यादवले हरेक क्षेत्रमा यादव जाति पछाडि परेकाले अब उच्च शिक्षामा जोड दिनुपर्ने बताए ।
अध्यक्ष यादवले मधेसी समाजमा विद्यमान बालविवाह, दाइजो जस्ता कुप्रथा र कुरुतीलाई पूर्ण रुपमा हटाउन यादव जातिले अहम भूमीका खेल्नुपर्ने बताए । यसमा आफ्नोपनि उत्तिक्कै भूमीका रहने उनले बताए । आफनो जाति समुदायमा रहेका गरिब जेहेन्दार विद्यार्थीको शिक्षादीक्षा अगाडि बढाउनका लागि सक्दो सहयोग गर्नेपनि उनले बताए ।
गेपाल सेवा समितिका क्षेत्रीय अध्यक्ष नगेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा मनोज यादव, कृष्णमोहन यादव,रामनारायण यादव,पुरन यादव लगायतको सहभागिता थियो । गोपाल सेवा समितिको आउँदो दोस्रो बैठक मंसिर महिनाको अन्तिम शनिबार सखुवा प्रसौनीमा बस्ने निर्णय समेत कार्यक्रममा भएको सञ्चारकर्मी प्रमोद यादवले जानकारी दिए ।