वीरगंज । घटस्थापनाको अवसरमा पिक्स लेन्सले नव दुर्गा पूजा सेवा समितिलाई ३५ वटा टि–शर्ट सहयोग गरेको छ।

वीरगन्जका श्रद्धालु भक्तजनलाई ३५ वटा टिसर्ट सहयोग गरिएको पिक्स लेन्सका संचालक सौरभ अग्रवालले जानकारी दिए ।

उनका अनुसार कलश यात्रामा ५ सय भन्दा बढी भक्तजनहरू सहभागी भएका थिए।

दुर्गा पूजा सेवा समितिले आफ्नो क्षेत्रमा दुर्गा माताको मूर्ति स्थापना गरी सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गरेको छ ।

आगामी दशैंमा नागवा दुर्गा पूजा समितिद्वारा विशेष कार्यक्रम आयोजना गरिनेछ ।

साथै, पिक्स लेन्सले दशैंको समयमा निःशुल्क फोटोग्राफी तथा भिडियो ग्राफी सेवा प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय