
जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ छ बजे बैठक बस्न लागेको हो।
सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेन जी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
सोही क्रममा जेनजी पुस्ता र प्रहरीबिच झडप भएको छ। भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ। सुरक्षाकर्मीमाथि ढुंगामुढा र निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको हो।