Thursday, June 13, 2024
spot_img
Homeफिचरहावाहुरीले बालीनालीमा गरेको क्षतिको किसानलाई राहत दिन माग

हावाहुरीले बालीनालीमा गरेको क्षतिको किसानलाई राहत दिन माग

सांसदहरुले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले वर्षायाम सुरु हुन लागेको र रोपाइँ सुरु हुनुअघि नै किसानलाई समयमै मल, बीउ र सिँचाइको प्रबन्ध गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसियाले पर्सा जिल्लामा ठूलो हावाहुरीका कारण उत्पन्न भएको समस्याबारे जानकारी गराउँदै क्षतिपूर्तिको माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकिस्मक समय लिएर बोल्दै सांसद चौरसियाले पर्साका पीडित जनतालाई सरकारको कुनै तहले सहयोग नगरेको बताए । उनले छिटोभन्दा छिटो प्रभावित जनतालाई राहतको माग गरेका छन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: