Thursday, June 13, 2024
spot_img
Homeफिचरमन्त्री यादवले गरे ढलान सडक तथा नालाको उद्घाटन

मन्त्री यादवले गरे ढलान सडक तथा नालाको उद्घाटन

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगञ्जमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ ।

वीरगञ्ज महानगरपालिका – २ मा निर्मित ढलान सडक तथा नालाको स्वास्थ्य मन्त्री यादवले मङ्गलवार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सडक र नाला निर्माणसँगै उक्त क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि खेप्दै आएको सास्तीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय वासीहरूको जनचाहनाअनुसार काम गर्ने क्रममा सडक र नाला निर्माण भएको छ । सडक नहुँदा स्थानीय वासीलाई धेरै समस्या भइरहेको थियो । अब त्यसको अन्त्य भएको छ ।’

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै वीरगञ्ज महानगरपालिकाको समृद्धिमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री यादवसँगै जनता समाजवादी पार्टीका नेता कार्यकर्ता र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: