Thursday, June 13, 2024
spot_img
Homeफिचरस्वास्थ्यमन्त्री यादवबाट पूर्वस्वास्थ्यमन्त्री थापासँग छलफल

स्वास्थ्यमन्त्री यादवबाट पूर्वस्वास्थ्यमन्त्री थापासँग छलफल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र पूर्वस्वास्थ्यमन्त्री गगन थापाबीच भेटवार्ता भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार दिउँसो भएको भेटमा मन्त्री यादव र पूर्वमन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको छ।

स्वास्थ्यमन्त्री यादवको सचिवालयले दिएको जानकारी अनुसार छलफलमा पूर्वमन्त्री थापाले मन्त्रालय चलाउँदाको अनुभव सुनाउँदै सुधार तथा प्राथमिकता दिनुपर्ने विषयका बारेमा जानकारी दिएका थिए। 

कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले विशेष गरी स्वास्थ्य बिमा कार्यक्रमको सुधार, जनशक्ति व्यवस्थापन र थप स्वास्थ्य सेवा प्रवाह र गुणस्तरलगायतका विषयमा बढी नै चासो दिएर छलफल गरेको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ।

‘समग्र स्वास्थ्य क्षेत्रको सुधारसहित समसामयिक विषयमा छलफल भएको छ, धेरैजसो स्वास्थ्य बिमा, जनशक्ति र गुणस्तरका वियषमा छलफल केन्द्रित भयो,’ मन्त्री यादवको सचिवालयले भन्यो। 

छलफलमा मन्त्री यादवले पूर्वस्वास्थ्यमन्त्री थापाको पालामा आएको स्वास्थ्य बिमा ऐन कार्यान्वयनका विषयमा भइरहेको चुनौती र समस्याका विषय र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव मागेका थिए। पूर्वमन्त्री थापाले ऐन कार्यान्वयमा भएका धेरैजसो विषय सहजै र केही सरकारी प्रतिबद्ताअनुसार कार्यान्वयनमा जान सकिने साथै फरक दल भए पनि आफूहरू उक्त ऐन कार्यान्वयनका लागि पूर्ण रूपमा सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए।

यस्तै, छलफलमा थापाका पालामा भएका राम्रा र सुधारका कामलाई आफूले निरन्तरता दिँदै जाने प्रतिबद्धता पनि मन्त्री यादवले गरेको सचिवालयले जनाएको छ। 

पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य सेवाको सुधार र विकासका लागि मन्त्रालयमा यसअघि भएका अध्ययन र प्रतिवेदनहरू त्यसै बसिरहेकाले ती प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गर्दै जाँदा पनि थुप्रै सुधार ल्याउन सकिने जानकारी दिएका थिए। 

यसका साथै मन्त्री यादवले स्वास्थ्य बिमा, जनशक्ति, औषधि, अस्पतालहरूको सेवा प्रवाहको सुधारसहित गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा आफूले प्राथमिकता दिँदै काम अगाडि बढाएकाले यी विषयमा पूर्वमन्त्री थापासँग थप सुझावसमेत माग गरेका छन्।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: