Thursday, June 13, 2024
spot_img
Homeफिचरलोकसभा निर्वाचनमा चलेन भोजपुरी स्टारको जादु

लोकसभा निर्वाचनमा चलेन भोजपुरी स्टारको जादु

नयाँ दिल्ली । भारतमा यस पटकको लोकसभाको निर्वाचनमा फिल्म क्षेत्रका कयौँ दिग्गज कलाकार र स्टारहरू पनि मैदानमा उत्रिएका छन् । कंगना रनौत र अरुण गोविलले भीआईपी सिटबाट चुनाव लडेका छन् । 

कंगना मन्डीबाट भाजपाकी उमेदवार हुन् भने अरुण गोविल मेरठबाट । मन्डीका जनतालाई कंगनालाई जिताएका छन् । टिभीमा रामायणका राम बनेका गोविलको निकै चर्चित छन् । तर चुनावी मैदानमा उनले अपेक्षा गरेजत्तिको माया पाएका छैनन् । मेरठमा उनी २० हजार मतले पछाडि छन् ।

हेमा मालिनी, शत्रुघ्न सिन्हहा, पवन सिंह, निरहुआ पनि चुनावी मैदानमा छन् । भोजपुरी स्टार पवन सिंह र निरहुआ पनि फ्लप साबित भएका छन् । पवन सिंह ६२ हजार मतले पछाडि छन् भने निरहुवा ९१ हजार मतले पछाडि छन् । 

टीएमसीका नेता शत्रुघ्न सिन्हा आसनसोल सिटमा ४१ हजार सिटले अगाडि छन् । मथुरामा हेमा मालिनी जितको नजिक पुगेकी छिन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: