Thursday, June 13, 2024
spot_img
Homeफिचरलियो क्लब अफ वीरगन्जको अध्यक्षमा मुसरफ चयन

लियो क्लब अफ वीरगन्जको अध्यक्षमा मुसरफ चयन

वीरगंज । लियो क्लब अफ वीरगंजले वर्ष २०२४/२५ को लागि नयाँ कार्यसमिति गठन गरेको छ । बिहिबार बसेको क्लबको बैठकले इन्जिनियर मुसरफ अन्सारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नव नियुक्त अन्सारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा लियो सादिया प्रविन,सचिवमा लियो रजत पाण्डे, कोषाध्यक्षमा लियो आसिम सम्मानी, सह-सचिव लियो सेख अन्जर, सह-कोषाध्यक्ष लियो सेख सारिक, जनसम्पर्क अधिकृत लियो कबिर फिरोज, टेल ट्विस्टर प्रेम प्रजापती, सल्लाहकारमा लियो मेराजुल हवारी, जेयाद अन्सारी, रिसभ अग्रवाल, सरिता खडगी, तिवारी यादव, शम्भु साह, रामकिसोर सिंह, होम क्लन लायन्सको तर्फबाट लायन्स बिनित जैस्वाल चयन भएका छन ।

यस्तै क्लबले कार्यसमितिको पुर्णता लगायत अन्य पदाधिकारीको चयन अगामी दिनमा बस्ने नयाँ कार्यसमितिले गर्ने लियो क्लब अफ वीरगंजले जनाएको छ । नव नियुक्त क्लबका अध्यक्ष अन्सारीले वीरगंज क्षेत्रको विकास र पछाडी परेको क्षेत्रमा लियो क्लब अफ वीरगंजले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले आफुलाई सानैदेखि सामाजिक क्षेत्रमा काम गर्ने रहर भएको र अहिले त्यसको लागि उपयुक्त स्थान पाएको बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: