Thursday, June 13, 2024
spot_img
Homeकर्णाली प्रदेशकारको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु

कारको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु

 कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तीनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो । उनलाई ठक्कर दिएको कारको पहिचान हुन सकेको छैन । खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: