Thursday, June 13, 2024
spot_img
Homeजीवनशैलीसिद्धार्थ माविमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम

सिद्धार्थ माविमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम

सप्ताह व्यापी कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य तथा पोषणको बारेमा जानकारी गराईएको उनले बताईन ।


वीरगन्ज,७ जेठ / वीरगन्ज महानगरपालिका १४ पिपरामा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम आज सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा जेठ १ गतेदेखि सुरु भएको विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सिद्धार्थ माविमा सम्पन्न भएको हो ।
स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम अन्तर्गत पोषणी सम्बन्धि प्रदर्शनी ,जनचेतना मुलुक कार्यक्रम , जुकाको औषधी खुवाउने ,सरसफाई कार्यक्रम ,अतिरिक्त क्रियाकलाप ,हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको सिद्धार्थ माध्यमिक विद्यालयमा स्वास्थ्य ईकाई कि ऋचा प्रमुख रुपाखेतीले जानकारी दिईन् । सप्ताह व्यापी कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य तथा पोषणको बारेमा जानकारी गराईएको उनले बताईन ।


स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रमको समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निमित अध्यक्ष शिवशंकर पटेल , विद्यालय व्यवस्थापन समितिका सदस्य शिवशंकर आर्य , श्याम पटेल , सुमित्रा देवी , श्रीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल , वीरगन्ज महानगरपालिका स्वास्थ्य शाखाका कर्मचारी अनिशकान्त कुशवाहा , सुमनचन्द्र ठाकुर , खुश्बु श्रीवास्तव , सुनिल पटेल , वीरगन्ज स्वास्थ्य शाखाका पार्वती लामिछाने , आशा किरण केन्द्रबाट नुतन पोदार सहितका शिक्षक शिक्षकहरुको सहभागीता रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: