Thursday, June 13, 2024
spot_img
Homeजीवनशैलीपोखरिया अस्पतालको स्तरोन्नति : संघको बेवास्ताले रोकियो प्रदेशको निर्णय

पोखरिया अस्पतालको स्तरोन्नति : संघको बेवास्ताले रोकियो प्रदेशको निर्णय

पर्साको पोखरिया बजारमा रहेको सरकारी अस्पताल व्यवस्थित नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन्। केही दशकदेखि अव्यवस्थित रूपमा सञ्चालनमा रहेको पोखरिया अस्पतालको स्तरोन्नति नहुँदा त्यस आसपासका स्थानीय सास्ती भोग्न बाध्य छन्।

पोखरिया अस्पतालमा पर्याप्त सेवा–सुविधा उपलब्ध नहुँदा उपचारकै लागि वीरगन्ज पुग्नुपरेको आसपासका स्थानीयको गुनासो छ। पटेर्वा सुगौली गाउँपालिकाका बैजनाथ चौधरीले यस आसपासका अधिकांश बिरामी सामान्य रोगको उपचारका लागि पनि वीरगन्ज पुग्ने गरेका बताए। पोखरिया अस्पतालको भवन चिटिक्क देखिए पनि पर्याप्त विशेषज्ञ चिकित्सक नहुँदा उपचारका लागि टाढा जानुपर्ने अवस्था रहेको उनको गुनासो पोखे।

०६५ सालमा स्थापना भएको पोखरिया अस्पतालमा भवनहरू राम्रा बने पनि सेवा प्रवाहको अवस्थामा सुधार नभएको स्थानीय धर्मेन्द्र चौरसियाले बताए। सरकारी अस्पतालमा बिरामीको चाप हुने भए पनि त्यसअनुसारको सेवा–सुविधा उपलब्ध नहुँदा दुःख खेप्नुपरेको उनको भनाइ छ।

लामो समयदेखि स्थानीयवासीले पोखरिया अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न माग गर्दै आएका छन्। तर, स्थानीयको माग सम्बोधन भएको छैन।

संघीय मन्त्रालयको बेवास्ताले कार्यान्वयन भएन प्रदेशकाे निर्णय
मधेश प्रदेशको मन्त्रिपरिषद्ले ०७६ चैत २८ गते पोखरिया अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेशमातहत व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार अस्पताल प्रदेशमातहतमा आए पनि स्तरोन्नतिको निर्णय अलपत्र परेको छ।

०७९ चैत ९ गते स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रादेशिक अस्पतालका लागि कर्मचारी स्थानीय तहमा समायोजन गरिदिन अनुरोध गरेको थियो। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पत्रको जवाफ नआउँदा प्रदेश सरकारको निर्णय अलपत्र परेको हो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: