Thursday, May 30, 2024
spot_img
Homeजीवनशैलीकाठमाडौँमा बरामद कोकिनको मूल्य ७ करोड ९६ लाख

काठमाडौँमा बरामद कोकिनको मूल्य ७ करोड ९६ लाख

काठमाडौँ । लागु औषध नियन्त्रण ब्युरोले इथियोपियाबाट आएका दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद गरेको छ । कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट कोकिन बरामद गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले रातोपाटीलाई बताए ।

बरामद कोकिनको बजार मूल्य ७ करोड ९६ लाख पर्ने मूल्याङ्कन गरिएको छ । कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल पनि पक्राउ परेकी छन् । मुगालाले पेटमा निलेर र लिलियनले चकलेटमा लुकाएर लागु औषध काठमाडौँमा ल्याएका हुन् । 

कारोबारीहरूले सो लागु औषध भारतमा पठाउन काठमाडौँलाई ट्रान्जिट बनाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: