Thursday, May 30, 2024
spot_img
Homeफिचरपरवानीपुरको विद्यालय सुधार गर्न अभियानले बुझायो पालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र

परवानीपुरको विद्यालय सुधार गर्न अभियानले बुझायो पालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र

वीरगन्ज,३० बैशाख / परवानीपुर सामदायिक विधालय सुधार अभियानले परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीलाई विद्यालय भित्रको विभिन्न समस्यालाई समेटेर ८ बुंदामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

परवानीपुर सामदायिक विधालय सुधार अभियानका अध्यक्ष कन्हैया यादवले आईतबार बिहान पालिका मै पुगेर उनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

उनले एक सातामा विद्यालयमा स्थलगत अनुगमन गरेर विभिन्न समस्या बुझेर समाधानको लागी पालिकालाई ध्यानाकर्षण गराएको बताएका छन ।

साथै उनले पलिकामा रहेको सामुदायिक विद्यालयमा विद्यालय ब्यवस्थापन गठन गरिनु पर्ने माग राखेका छन । यस्तै विद्यालयमा न्यूनतम् शिक्षक र विषयगत शिक्षकको पुर्ती गराउनु पर्ने ध्यानाकर्षण गराएका छन ।

त्यस्तै जनता मावि रामपुर टोकनीमा लेखापालको अभाव पुर्ती गर्न , भोज भगत माविमा प्रअ बलिराम सरार्फले दिएको राजिनामा स्वीकृत गरि अर्को प्रअ नियुक्त गर्ने ,थन्केको बस सञ्चाल गर्न बस चालक नियुक्त गर्ने ध्यानाकर्षण गराईएको छ ।

विद्यालयमा रहेको भवन अभाव बनाइनुपर्ने र विधालयमा राजनितिक हस्तक्षेप भएकाले रोक्न पहल गर्न अगाडी बढ्न जानकारी गराईएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । प्रत्येक विद्यालयमा खाजा कार्यक्रम सहित अन्य विषयगत चरम भष्ट्रचार बढेकाले रोक्नु पर्ने उनीहरुको माग छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: