Thursday, May 30, 2024
spot_img
Homeफिचरलोभीपापीहरूले पार्टी फुटाए : यादव

लोभीपापीहरूले पार्टी फुटाए : यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू देशबाहिर रहेका वेला लोभीपापीले पार्टी नै फुटाएको आरोप लगाएका छन् । मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको राष्ट्रिय अधिवेशनलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उनले घरमुली नभएको अवस्थामा ताल्चा फोडेर सामान लैजाने चोर नै रहेको उनले आरोप लगाए ।

‘म देशबाहिर थिएँ । पार्टीभित्रको विवाद बैठकमा राखेर समाधान गर्न सकिन्थ्यो । तर, घरमा कोही नभएको अवस्थामा ताल्चा फुटाएर सामान लाने चोर नै हुन्,’ उनले भने । संघीयता र मधेशको मुद्दा कमजोर गर्ने षड्यन्त्रअन्तर्गत जसपा फुटाइएको यादवले दाबी गरे । ‘यो जसपामाथि प्रहार मात्र होइन, मधेशमाथिको प्रहार हो भनेर बुझनुपर्छ,’ उनले भने ।

यसअघि यादव जसपा मधेश प्रदेशको संसदीय दलको बैठकमा सहभागी भएका थिए । बैठकमा पूर्वमुख्यमन्त्री लालबाबु राउत र पार्टी प्रवक्ता मनीष सुमनबाहेक १७ जना सांसद उपस्थित थिए । दलको बैठकमा उनले पार्टी विभाजनबाट हतोत्साहित नहुन उनले सांसदहरूलाई निर्देशन दिए । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: