Thursday, May 30, 2024
spot_img
Homeगण्डकी प्रदेशपोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान अवतरण पुनः सञ्चालन भएको छ। 

आइतबार बिहानै देखि ‘भिजिबिलिटी’ कम  भएका कारण बुद्ध, यती , श्री, सौर्य लगायत वायुसेवा कम्पनीको नियमित उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। 

‘आज बिहानै देखि पोखरा तर्फ ‘भिजिबिलिटी’ कम भएका कारण बन्द भएका उडान अघि दिउँसो १:०० बजे खुला भएको हो’ विमानस्थलका एक कर्मचारीले भने, ‘अघि हुन नसकेका उडानहरू अब निरन्तर हुने क्रममा छन।’

उनका अनुसार आइतबार आन्तरिक उडानतर्फ मुलुकभर १४६ वटा उडानको तालिका रहेको छ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: