Thursday, May 30, 2024
spot_img
Homeफिचरप्रधानाध्यापक सरार्फको रवाफ : म प्रअ होईन , अरुलाई बनाउन सक्छौ ?

प्रधानाध्यापक सरार्फको रवाफ : म प्रअ होईन , अरुलाई बनाउन सक्छौ ?

गाँउपालिका कार्यालयका अनुसार प्रधानाध्यापक सरार्फले अध्यक्ष पटेललाई दिएको राजिनामा पत्र स्वीकृत नै गरेनन् ।


वीरगन्ज,१३ बैशाख / बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा रहेको भोज भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक बलिराम सरार्फले आफु प्रधानाध्यापक पदमा कार्यरत नरहेको बताएका छन ।

बिहिबार अपरान्ह विद्यालयको अवस्थाको बारेमा जानकारी लिन पुगेका स्थानीय युवाहरुसंग कुरा गर्दै सरार्फले आफु प्रधानाध्यापक पदमा नरहेको बताएका हुन ।

स्थानीयहरुका अनुसार प्रधानाध्यापक सरार्फले युवाहरु विद्यालयमा आउन लागेको सुचना पाएर कुर्सीमा नबसेको अवस्थामा देखिएका थिए ।

राजनितिका चतुर खेलाडी शिक्षक सरार्फ विद्यालयमा राजनितिक धाक लगाउँदै आफुलाई केही नहुने भन्दै असभ्य रुपमा प्रस्तुत भएका थिए ।

उनले विद्यालयको प्रधानाध्यापक पदमा पहिले देखि नै राजिनामा दिएकाले उनको पदमा अरुलाई ल्याउन चुनौति नै दिएका थिए ।
प्रधानाध्यापक सरार्फ कै कारण अहिले विद्यालय तहसनहस अवस्थामा पुगेको स्थानीय युवाहरुको आरोप छ । उनले विगत लामो समयदेखि दिवाखाजा कार्यक्रममा अनियमितता गर्दै रकम असुल्दै आएको उनीहरुको दावि छ ।

स्रोतका अनुसार ०७८ साउनबाट प्रधानाध्यापक पदको जिम्मेदवारी सम्हालेका सरार्फ विद्यालयमा रहेको विभिन्न समस्या समाधान गर्न नसक्ने बताउँदै ०७९ सालको माघमा राजिनामा दिएका हुन ।

गाँउपालिका कार्यालयका अनुसार प्रधानाध्यापक सरार्फले अध्यक्ष पटेललाई दिएको राजिनामा पत्र स्वीकृत नै गरेनन् ।

राजनितिका चतुर खेलाडी मानिने प्रधानाध्यापक सरार्फ अहिलेको समयमा एक ठाँउबाट अर्को ठाँउमा शिक्षकको सरुवा हुन नसक्ने अवस्था रहेको बुझेर राजिनामा दिएको स्रोतको दावि छ ।

उनी निकट स्रोतका अनुसार भोज भगतमा माविको एक वटा दरबन्दी रहेको सोही ठाँउमा सरार्फ एक्लै भएकाले अरुलाई सरुवा भएर यहाँ आउन नसक्ने अवस्था छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: