Thursday, May 30, 2024
spot_img
Homeखेलखुदअनिवार्य अवकाश भए कुस्तीका ‘भिष्म पिता’ धर्मराज 

अनिवार्य अवकाश भए कुस्तीका ‘भिष्म पिता’ धर्मराज 

उनले खेलकुद परिषदमा ०४५ सालदेखि प्रशिक्षक रुपमा नियुक्ति पाएका थिए। 

राष्ट्रिय खेलकुद परिषदअन्तर्गतका कुस्ती खेलका प्रमुख प्रशिक्षक धर्मराज यादव उमेर हदबन्दीका कारण अनिवार्य अवकाश पाएका छन।

विगत लामो समयसम्म कुस्ती खेलमा जीवन बिताएका उनले चैत अन्तिम सातामा उमेर हदबन्दीका कारण अनिवार्य अवकाश पाएका हुन।

पर्साको बिन्दबासिनी गाँउपालिका वडा नम्बर २ गर्दौल निवासी उनले ५८ वर्षको उमेर हदबन्दीका कारण अवकाश पाएको बताए।

९ कक्षामा पढ्दादेखि नै कुस्तीप्रति रुची राख्दै कुस्तीमा भाग लिएका उनले अहिलेसम्म सबै भन्दा बढी रजत र कास्य जितेका छन्।

अनिवार्य पाएका धर्मराजले १३ बैशाख (आज)मा अवकाश भएको पत्र बुझ्दै बाँकी जीवन पनि कुस्ती कै लागि बिताउने सुनाए।

उनले आफ्नो खेल जीवनमा राष्ट्रको प्रतिनिधित्व गरेर तीनपटक रजत पदक र दुईपटक कास्य पदक पनि जितेका छन्। उनलाई कुस्ती खेलको भिष्म पितामह पनि भन्ने गरिएको छ।

कुस्ती खेलाडीको रुपमा एक दर्जनभन्दा बढी देश पुगेका उनले खेलकुद परिषदमा ०४५ सालदेखि प्रशिक्षक रुपमा नियुक्ति पाएका थिए। 

यस्ताे छ उनकाे खेल जीवन 

प्रशिक्षकमा नियुक्त हुनुअघि ०४५ सालमा मै खेलाडीको रुपमा धर्मराजले चौथौ साफमा पाकिस्तानको इस्लामावादमा पुगेर कास्य पदक जितेको सुनाए।

उनले उक्त बेला ७४ केजीमा प्रतियोगिता खेल्दा कास्य पदक जितेका थिए। धर्मराजसँगै खेलाडीको रुपमा सिरहा जिल्लानिवासी नन्दलाल यादव पनि गएका थिए।

उनीसँगै कुस्तीका अध्यक्ष लक्ष्यबहादुर गुरुङ, कुस्तीका सचिव दिपक बर्जाचार्य, राजबिराजका जिल्ला खेलकुदका सचिव रमेश सिलवाल र कुस्ती प्रशक्षिकको रुपमा विद्यासागर पोखरेल पाकिस्तान गएका थिए।

उनले बंगालादेशमा पनि ८४ केजीमा खेल्दै कास्य पदक जिते। धर्मराज त्यसपछि काठमाडौंमा भएको साफ गेमका सय केजी खेल्दा कास्य पदक जितेका थिए। 

यस्तै दोस्रोपटक पाकिस्तानमा ९औँ  साफमा खेल्न पुगेका उनले देशलाई कास्य पदक दिलाए भने श्रीलंकामा पनि रजत पदक जितेको सुनाउँछन। उनी अवकाश पाएपछि अहिले परिषदमा अहिले ५/७ जना मात्र कुस्तीको प्रशक्षिक छन्। 

उनी भन्छन्, ‘०४५ सालदेखि परिषदमा कुस्ती प्रशिक्षक भएँ। त्यसको केही महिनामा ०५० सालमा एकैपटक एक सय ४० जनाको अवकाश भएपछि मपनि त्यसमा परेँ,’ धर्मराजले भने ,‘०५१ सालमा पुन प्रशिक्षकको आवेदन खुलेपछि करारमा पुर्नबहाली भएपछि ०५२ सालमा प्रशिक्षकको रुपमा स्थायी भएको हो।’ 

उनका अनुसार अहिले राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षकबाट अनिवार्य अवकाश भएर बिदा भएपनि बाँकी जिवन पनि कुस्ती खेलको लागि बिताउने बताए। अहिले पनि सरकारको आवेदन छैन सरकारले आवेदन खोलेको खण्डमा खेलकुदमा अवसर रहेको उनको भनाई छ। 

सुरुको समयमा दुःख गरेर खेल्न सुरु गरेपनि जुन बेला देशको लागी खेल्दा मन खुशीको सिमा नै नरहेको अवस्था थियो।

कुस्ती प्रशिक्षक भएपनि रुपमा अहिले पनि नेपालको धर्मराज संग खेल्ने खेलाडी पनि नरहेको उनको दाबी छ। कुस्तीकै प्रशिक्षक भएर देशको विभिन्न जिल्लामा पुगेकाले अहिले आफूले प्रशिक्षण गराएका शिष्य देशभर रहेको धर्मराजले सुनाए। Source :Nayapatrikadaily.com

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: