Thursday, May 30, 2024
spot_img
Homeजीवनशैलीमकवानपुरमा एकै दिन तीन जनाको मृत्यु

मकवानपुरमा एकै दिन तीन जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा विभिन्न घटनाको क्रममा आज तीन जनाको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा ३५ वर्षका प्रदीप बाइवाको मृत्यु भएको छ ।

मकवानपुरमै आज खोलामा डुबेर अर्का युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मनहरि गाउँपालिका वडा नम्बर ७ का स्थानीय ३३ वर्षका रमेश थापाको नुहाउने क्रममा मनहरि खोलामा डुबेर मृत्यु भएको हो ।

मकवानपुरकै राक्सिराङ गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षीय इमान्सिङ्ग थिङको बाटोमा लडेर उपचारको क्रममा आज मृत्यु भएको प्रहरीको भनाइ छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: