Thursday, May 30, 2024
spot_img
Homeजीवनशैलीवीरगन्जमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

वीरगन्जमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको उनले जनाए ।

वीरगन्ज / वीरगन्जमा बिहीबार बिहान तिब्र गतिमारहेका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किर भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियाका २५ बर्षिय अर्जुन पटेल रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजे सिर्सियामा बिहीबार बिहान सिर्सियाबाट ड्राइपोर्ट तर्फ जाँदै गरेको ना १८ प ९८१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदाँ ना ३१ प ३८३५ नम्बरको मोटरसाइलकका चालक पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पटेलको वीरगन्ज हेल्थकेयर हस्पिटलमामा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

उक्त दुर्घटनामा ना १८ प ९८१६ नम्बरको मोटरसाइकलका चालक मौजे सिर्सियाकै १५ बर्षिय कन्हैया चर्तुवेदी, २० बर्षिय आकाश पटेल र १५ बर्षिय सामा पटेल घाइते भएका छन् । घाइते तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनिहरु अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।दुर्घटनामा परेका दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको उनले जनाए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: