Thursday, May 30, 2024
spot_img
Homeफिचरसुन राखेर कर्जा लिनेले रकम बुझाए , गहना पाएनन्

सुन राखेर कर्जा लिनेले रकम बुझाए , गहना पाएनन्

फरक गहना दिएको सुचना पत्रकारले थाहा पाएपछि , हतार हतारमा रकम जम्मा गरेको भौचर


वीरगन्ज ,७ बैशाख / पर्साको कालिकामाई गाउँपालिका –४ पर्शुरामपुरका नथुनी प्रसाद कलवारले वीरगन्ज विर्तामा रहेको नेपाल बैंक लिमिटेड सिटि अफिस शाखामा सुनको गहना धितो राखेर एक लाख १२ हजार रुपैया कर्जा लिए ।
उनले करिब दुई बर्ष अगाडी घरायसी कामको प्रयोजनका लागी आफ्नो श्रीमतीले लगाउदै आएको सुनको गहनालाई धितो राखेर कर्जा लिएका थिए ।
कलवारले सुनको गहनालाई धितो राखेर कर्जा लिएकाले बैंकलाई ब्याज तिर्न ढिला भएको समयमा बैंकले पत्रचार गरेपछि विभिन्न मितिमा बैंकमा पुगेर ब्याज बुझाउँदै आएका सुनाए ।
बैंकको ब्याज तिर्दै आएका उनले बिहीबार बैंकमा धितो राखेको सुनको गहना निकाल्न पैसा तिरेपछि सुन भने अहिले सम्म नपाएको बताएका छन ।


उनले एक लाख १२ हजार कर्जाको साँवा बापत एक लाख २५ हजार ,ब्याज बापत २३ हजार ५ सय ,विमा बापत चार हजार ६ सय,कागजपत्र हराएको नाममा दुई सय र जरिवाना चार्जको नाममा तीन हजार गरी एक लाख ५६ हजार दुई सय बुझाएपनी आफ्नो सुन नपाएको गुनासो गरेका छन ।
उनका अनुसार बैंकमा पुगेर बिहिबार सबै रकम बुझाएर सुनको गहना लिन गएपछि आफुले राखेको गहना भन्दा फरक गहना दिन थालिएपछि नलिएर बाहिर आएको बताए ।
उनले श्रीमतिले लगाँउदै आएको गहना भन्दा फरक गहना बैंकले लिन थालेपछि आफुले नलिन भनेपछि बैंकमा जम्मा गरेको रकमको भौचर पनि नदिएको बताए ।

‘बैंकमा कर्जा र ब्याजको पैसा बुझाएपछि सुन बुझ्न् जादा आफ्नो सुनको गहना नै नभएको र सुन नै परिवर्तन भएको अवस्था छ ,उनी भन्छन् , ’बैंकमा दुई बर्ष मै राखिएको सुन परिवर्तन भएपछि गहना लिन तयार नभएको हुँ,’ उनले भने ।
कलवारले आफ्नो गहना भन्दा फरक गहना भएको खण्डमा नलिने सर्त राखेर बाहिर आएपछि पत्रकार सम्मेलन गर्न धम्की दिएपछि बैंकले हतार हतारमा ६ बजे रकम जम्मा गरेको भौचर दिएर घर पठाएको बताए ।
उनले एक लाख ५६ हजार जम्मा गरेको दुई वटा भौचर पत्रकारको फोन पछि पाएको भएपनि गहना भने शुक्रबार सम्ममा पनि नपाएको सुनाए ।
बैंकमा धितो राखिएको गहना बैंक मै परिवर्तन भएपछि उक्त गहनाको ठाउँमा कर्मचारीले दिएपछि नलिएको उनले बताए । कलवारले पत्रकारलाई यो घटनाबारे जानकारी दिएकाले पत्रकारलाई नै बोलाउन बैंकका कर्मचारीहरुले दबाब दिएर अहिले सम्म गहना पनि नदिएको बताए ।

बैंकको सुचनामा पनि कुनैमा सुन मात्र , कुनैमा सुनचाँदी उल्लेख

कलवार सुनको गहनाको कर्जा चुक्ता गर्नका लागी ०८० साउन १० मा सुनचाँदी कर्जा चुक्ता गर्न आउन ७ दिने सुचना जारी भएको छ । सुचनामा ०७८ माघ १० मा सुनको गहना धितो राखि कर्जा लिएको कर्जा नम्बर ८४÷६५७ बाट एक लाख २५ हजार कर्जा लिएकाले कर्जाको भुक्तानीको म्याद समाप्त भईसक्दा पनि कर्जा चुक्ता गर्न नआउने भएकोले यो पत्र जारी भएको ७ दिन भित्र कर्जा चुक्ता गर्न आउन पत्रचार भएको लेखिएको छ ।
यस्तै फेरि ०८० मंसीर १० मा पनि ०७८ माघ १० मा सुनचाँदी कर्जा चुक्ता गर्न आउन १५ दिने सुचना जारी भएको छ । सुचनामा सुनको गहना धितो राखि कर्जा लिएको कर्जा नम्बर ८४÷६५७ बाट एक लाख २५ हजार कर्जा लिएकाले कर्जाको भुतmानीको म्याद समाप्त भईसक्दा पनि कर्जा चुक्ता गर्न नआउने भएकोले यो पत्र जारी भएको १५ दिन भित्र कर्जा चुक्ता गर्न आउन पत्रचार भएको उल्लेख छ ।
त्यसभन्दा अगाडी ०७८ कातिक ४ मा सुनको कर्जा चुक्ता गर्न आउनको लागी सुचना जारी भएको छ । पत्रमा लेखिएको छ ,तपाईले यस बैंकबाट ०७६ भदौ १० मा सुनका गरहगना धितो राखेर कर्जा नम्बर ८२÷५९५ बाट एक लाख १२ हजार कर्जा लिएकाले कर्जा चुक्ता गर्न नआएकाले यो पत्र पठाएका छौ । यस अवधिमा तपाईले नआएको खण्डमा तपाईको सावा व्याज रकम असुल उपर गरी लिने भएकाले यो अन्तिम पटक सुचना गरेको उल्लेख छ ।
यता नेपाल बैंक लिमिटेड सिटि अफिस वीरगन्ज शाखाका प्रमुख संगीता पोखरेलले बैंकमा राखिएको गहना दिन थालेपछि कलवारले नलिएको बारे जानकारी पाएको बताईन् ।


उनले यो सबै कुरा खचान्ची शाखा अन्तर्गत भएकाले मैले यस सन्दर्भमा सबै कुरा जानकारी नभएको भन्दै पन्छिएकी हुन ।
उनले एकजनाको समस्याको सन्दर्भमा पत्रकारले फोन गर्दैमा केहि नहुने भएकाले भएको सुनको गहना नै दिने बताईन् । यस सन्दर्भमा नेपाल बैंक लिमिटेडका सुचना अधिकारी प्रकाश अधिकारीले पनि अहिले नै थाहा पाएकाले यो सन्दर्भमा सिटि अफिस वीरगन्ज शाखामा बुझेर जानकारी गराउने बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: