Thursday, May 30, 2024
spot_img
Homeखेलखुदनेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, सोमपाललाई विश्राम

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै, सोमपाललाई विश्राम

उनको स्थानमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी खेलेका छन् ।

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा टस हारेर पहिला फिल्डिङ रोजेको छ ।

अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् । नेपाल र साउदी अरबको खेल ८-८ ओभरको हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २ :१५ मा सुरु हुनेछ ।

नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई आज विश्राम दिएको छ । उनको स्थानमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी खेलेका छन् ।

नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि.सी. र अभिनाश बोहरा ।

बेन्च : अनिल शाह, सोमपाल कामी र विवेक यादव ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: