Thursday, May 30, 2024
spot_img
Homeखेलखुदएनवाईएफ वीरगन्जलाई पर्साका पत्रकारले हराए

एनवाईएफ वीरगन्जलाई पर्साका पत्रकारले हराए

वीरगन्ज ,५ बैशाख । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्साले एनवाईएफ वीरगन्जलाई हराएको छ ।

टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपाल पत्रकार महासंघ पर्साले एनवाईएफ वीरगन्जलाई १६ रनले हराएको हो ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा ७८ रनको लक्ष्य पाएको एनवाईएफ वीरगन्जले १० ओभरमा ९ विकेटको क्षतिमा ६१ रन मात्र बनाएपछि नेपाल पत्रकार महासंघ पर्साले जित निकालेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ७७ रन बनाएको थियो ।

बुधबार बिहान नै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगन्ज बैंकर्स ग्रुपलाई हराएको छ ।
 
खेलमा ७८ रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले १० ओभरमा ८ विकेटको क्षतिमा ६७ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले १० रनले जितेको हो ।

यो जित संगै नेपाल मेडिकल एसोसिएसन पर्साले फाइनलमा प्रवेश गरेको नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: