Thursday, May 30, 2024
spot_img
Homeखेलखुदआयोजक नेपाल राष्ट्र बैंकलाई वीरगन्ज बैंकर्स ग्रुपले ९ विकेटले हरायो

आयोजक नेपाल राष्ट्र बैंकलाई वीरगन्ज बैंकर्स ग्रुपले ९ विकेटले हरायो

वीरगन्ज ,४ बैशाख । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगितामा
आयोजक नेपाल राष्ट्र बैंकलाई वीरगन्ज बैंकर्स ग्रुपले हराएको छ ।

टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा आयोजक नेपाल राष्ट्र बैंकलाई वीरगन्ज बैंकर्स ग्रुपले ९ विकेटले हराएको हो ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा ८० रनको लक्ष्य पाएको बैंकर्स ग्रुपले ८ ओभरमा एक विकेटको क्षतीमा लक्ष्य पूरा गरेपछी नेपाल राष्ट्र बैंक ९ विकेटले पराजित हुन पुगेको हो । 

यसअघि खेलमा पहिले ब्याटिङ गरेको आयोजक नेपाल राष्ट्र बैंकले निर्धारित १० ओभरमा ६ विकेटको क्षतीमा ७९ रन बनाएको थियो ।

नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएको टि – १० क्रिकेट लिग प्रतियोगिता बैशाख ५ गते सम्म चल्ने नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएको उनले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: