Thursday, May 30, 2024
spot_img
Homeखेलखुदटि - १० क्रिकेट लिगमा पर्साका डाक्टरले पत्रकारलाई फराकिलो रन अन्तरले हराए

टि – १० क्रिकेट लिगमा पर्साका डाक्टरले पत्रकारलाई फराकिलो रन अन्तरले हराए

वीरगन्ज ,४ बैशाख । नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगितामा  नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई फराकिलो रन अन्तरले हराएको छ ।

टि – १० क्रिकेट लिग प्रतियोगिता अन्तर्गतको मंगलबार भएको तेस्रो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई ६१ रनले हराएको हो ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा
१०७ रनको लक्ष्य पाएको पत्रकारले ९ ओभर ४ बलमा अलआउट हुदै ४५ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले ६१ रनले जितेको हो ।

यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ८ विकेटको क्षतीमा १०६ रन बनाएको थियो ।

अहिलेसम्म जिल्लामा भएको विभिन्न प्रतियोगितामा जित्दै इतिहास राखेको नेपाल पत्रकार महासंघ पर्साले नेपाल मेडिकल एसोसिएसन पर्सा संग पहिलो पटक हार ब्योहोर्नु परेको हो ।

खेलको म्यान अफ दि म्याच नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. नदिम हुसेन घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा . उदयनारायण सिंहले शिल्ड प्रदान गरेका थिए ।

नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयको आयोजनामा सोमबारबाट सुरु भएको टि – १० क्रिकेट लिग प्रतियोगिता बैशाख ५ गते सम्म चल्ने नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएको उनले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: